काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष डा.भीम रावलले अहिलेकै अवस्थामा एमसिसी सम्झौता गर्न नहुने बताएका छन् ।
डा.रावलले सामाजिक सञ्जालमा लेख्दै अहिलेकै अवस्थामा अनुमोदन भए देश उपनिवेशकरणतर्फ धकेलिने पनि बताएका छन् ।
“नेपालको संविधान, कानुन, राष्ट्रिय हित र स्वाधीनताविपरीतका प्रावधान नहटाई एमसिसीसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुने छ । देश उपनिवेशकरण तर्फ धकेलिने छ,” रावलले भने,“यस्तो काम सरकार र पार्टीले नगरून् । यसबारे प्रतिनिधिसभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस् ।”
नेपालको संविधान,कानून,राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसंगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ।देश उपनिवेशकरण तर्फ धकेलिनेछ।यस्तो काम सरकार र पार्टीले नगरून्।यसबारे प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस्।
— Dr. Bhim Rawal (@BhimRawal179) July 28, 2021