काठमाडौं । टोकियो ओलम्पिकमा नेपाली पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दै छिन् । गौरिकाले महिलाको १ सय मिटर फ्री–स्टाइलमा प्रतिस्पर्धा गर्ने छिन् ।
गौरिकाको खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजे सुरु हुने छ । गौरिका हिट वानमा रहेकी छन् । हिट–१ मा गौरिकासँगै नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन् ।
मंगलबार भएको खेलमा नेपालका एलेक्सजेन्डर गडेगार्ड शाहले पुरुषको १ सय मिटर फ्री स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।