काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।
सरकारमा सहभागी हुने मन्त्रीका विषयमा स्थायी समिति बैठकमा छलफल हुने एक नेताले बताए । सरकारमा जाने मन्त्रीको विषयमा मापदण्ड बनाएर स्थायी समितिले पारित गर्ने भएको छ ।
माओवादी केन्द्रले शेर बहादुर देउवा नेतृत्वको सरकारमा ७ मन्त्रालय पाउने बताइएको छ ।