काठमाडौं । सांसद् आशा कुमारी बिकले अनलाइन गेमको कुलतमा फसेर बालबालिका मानसिक रोगी बन्दै गएको भन्दै तत्काल बन्द गर्न सरकारसँग आग्रह गरेकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले त्यस्ता गेम बन्द गर्न आग्रह गरेकी हुन् । “इन्टरनेट प्रयोग बढेको छ, यो खुसीको कुरा हो । तर, पब्जी र फ्रि फायर जस्ता खेलको लतमा बालबालिका परेका छन् । उनीहरुमा डराउने, झस्किने, जिद्दीपन जस्ता अनौठो बानी देखिएका छन् । पछि गएर मानसिक रोगी बन्न सक्छन् । त्यसैले अनलाइन गेम बन्द गरियोस्,” उनले भनिन् ।
सरकारले यी गेम बन्द नगरे अभिभावक नै न्याय खोज्दै अदालत जानुपर्ने दिन आउने यनले बताइन ।