काठमाडौं । नेकपा (एमाले)निकट अखिल नेपाल महिला संघको संयोजकमा पूर्वमन्त्री थममाया थापा मगर चयन भएकी छन् ।
अनेमसंघको आइतबार सम्पन्न सचिवालय बैठकले सहसंयोजक थापालाई संयोजक चयन गरेको हो ।
यसअघिको संयोजक सीत कुमारी पौडेल गण्डकी प्रदेश प्रमुख नियुक्त भएपछि खाली रहेको स्थानमा सहसंयोजकलाई जिम्मेवारी दिइएको अनेमसंघकी सचिव सुजिता शाक्यले जानकारी दिइन् ।