नेपाल पक्षीय एमालेको स्थायी कमिटी बैठक जारी

471

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । बानेश्वरस्थित एक बैंक्वेटमा बसेको उक्त समूहको बैठकलाई अर्थपूर्ण मानिएको छ ।

सत्तारुढ गठबन्धनले यो समूहलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ । तर, एमाले एकता प्रक्रियामा चलिरहेकाले नेपाल समूह सरकारमा सहभागी भएको छैन ।

नेपाल समूहको पर्खाइमा प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिएका छैनन् ।

कार्यदलमा रहेका नेताहरुले एकताको दश बुँदे सहमति जुटाए पनि कार्यान्वयन हुन सकेको छैन । अध्यक्ष केपी शर्मा ओलीले एक पक्षीय स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक राखेका छन् भने नेपाल समूहले पनि आफ्नो समूहगत गतिविधि रोकेको छैन ।

ओलीले युथ फोर्स ब्युँताएर गतिविधि गरिरहेको छ भने नेपालले पिपुल्स भोलिन्टियर्स र अखिल फोर्स बनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...