जसपा आधिकारिकता विवाद : निर्वाचन आयोगले आज निर्णय गर्दै

307

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)भित्र देखिएको आन्तरिक विवाद समाधान गर्न निर्वाचन आयोगले आज दुवै पक्षलाई आयोगमा बोलाएको छ ।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगले बोलाएको हो ।

जसपामा ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ । अध्यक्ष यादवले आफ्नो पक्षमा बहुमत केन्द्रीय कार्यकारिणी समिति सदस्य भएकाले जसपा आफूहरुको भएको दाबी गरिरहेका छन् । ठाकुर पक्षले पनि जसपा आफूहरुको हुनुपर्ने बताइरहेको छ ।

दुवै पक्षले दाबी गरेपछि जसपा आधिकारिकतामा विवाद छ ।

पार्टीको आधिकारिकताबारे विवाद भएपछि सुनुवाइ गरिरहेको निर्वाचन आयोगले साउन ११ गतेका लागि केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई हस्ताक्षर सनाखतका लागि बोलाएको हो ।

आयोगे हस्ताक्षर सनाखत गर्ने भएपछि पार्टी कार्यकारिणी समितिमा ठाकुर पक्ष अल्पमतमा पर्ने देखिएको छ ।

आयोगले जता बहुमत देखिन्छ त्यसलाई जसपा दिएर अर्को पक्षलाई पार्टीको नाम र चुनाव चिन्हसहित आउन समय दिन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...