संसदीय समितिमा माधव नेपालले भने, ‘प्रतिगमनको मतियार बाहिर जानुस्’

304

काठमाडौं । संसद पुनःस्थापनापछि पहिलोपटक बसेको संसदीय समितिमा एमालेका नेताहरुबीच नै भनाभन भएको छ । आज बसेको संसदीय ससितिमा नेकपा एमालेका सांसद्हरुबीच संसद् पुनःस्थापनाको विषयलाई लिएर भनाभन भएको हो ।

बैठकमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद पुनःस्थापना भएको भन्दै खुसी व्यक्त गरे । उनले ठूलो संघर्षबाट संसद पुनःस्थापना भएको बताए । नेता नेपाललगायतले बोलेको केही समयपछि ओली पक्षीय सांसद् नारदमुनि रानाले बोलेका थिए ।

रानाले बोल्ने क्रममा नेता नेपालप्रति कटाक्ष गर्न थाले । उनले संसद् चाहनेहरु वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिएको बेला कहाँ गएका थिए भनी प्रश्न गरे । साथै उनले यो संसद् जनताले नभई अदालतले पुनःस्थापना गरेको बताए ।

रानाले भने, “आफ्नो पार्टीको प्रधानमन्त्री हुँदा घरमा सुतेर बस्ने अनि संसद चाहिन्छ भन्ने ? यो संसद् अदालतले ल्याएको हो जनताले होइन । यसको जिम्मेवारी वरिष्ठ नेताले लिनुपर्छ ।” यसरी नेपालसहित अन्य नेताहरुलाई कटाक्ष गर्न थालेपछि नेपाल पक्षका सांसद् दीपकप्रकाश भट्ट आक्रोशित भए । त्यसपछि नेता नेपाल पनि बोल्न सुरु गरे ।

आक्रोशित हुँदै नेता नेपाल र भट्टले रानालाई ‘प्रतिगमनको मतियार बाहिर जानुस्’ भनेर झपारे । नेपाल र भट्टसँगै कांग्रेसका सांसद्हरुले पनि प्रतिगमनलाई साथ दिने अनि समितिमा आएर जथाभावी बोल्ने भन्दै रानामाथि खनिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...