काठमाडौं । नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकारसँग देश र जनताको हितमा काम गर्ने एजेन्डा नै नभएको बताएका छन् ।
प्रेस चौतारी नेपाल गुल्मीले आज सदरमुकाम तम्घासमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वमन्त्री समेत रहेका ज्ञवालीले सर्वाच्च अदालतको फैसलालाई स्वीकार गरे पनि आफूहरुको असहमति रहेको समेत बताए ।
जनादेशबाट गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारलाई सर्वोच्चको पदमादेशबाट हटाइ शेर बहादुर देउवा नेतृत्वको सरकार गठन गर्ने फैसला गैरराजनीतिक भएको उनको टिप्पणी छ ।
अदालतको फैसलाले राज्यका आधारभूत संरचनाहरुलाई पनि खलबल्याएको उनले बताए ।
यस्तै, नेता ज्ञवालीले पार्टीलाई एक ढिक्का बनाउनका लागि माधव कुमार नेपाल पक्षले हालसम्म गरेका गल्तीहरुलाई माफ दिइएको बताए ।