काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।
शनिबार बिहान ठाकुर निवास पुगेर विप्लवले भेटवार्ता गरेका हुन् । दुवै नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको भेटमा सहभागी विप्लव समूहका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा‘प्रकान्ड’ले जानकारी दिए ।
पछिल्लो समय राजनीतिक भेटवार्तामा व्यस्त रहेको विप्लवले अधिकांश राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरिसकेका छन् ।