काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सत्ता गठबन्धन भत्काउने प्रयास भइरहेको बताएका छन् ।
शनिबार बिहान नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नर बहादुर कर्मचार्यको ८औँ स्मृति दिवस का अवसरमा पर्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले संसद् विघटनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई आफूले बचाउन खोजे तर कही कतैबाट टुटाउने प्रयास भइरहेको बताए ।
प्रचण्डले भने,“गठबन्धन टुटाउने प्रयास भयो । बचाउने प्रयास गर्यौँ । अहिले पनि भत्काउने प्रयास भइरहेको छ । एमसिसीमा भिडाएर झगडा गराउन खोजिँदै छ ।
संसद् विघटनको मुद्दामा एकै ठाउँमा भएका एमाले नेता डा.भीम रावलले संसद् पदबाट दिएको राजीनामा पनि गठबन्धन पक्षका नेताबीच फाटो ल्याउन गरिएको षड्यन्त्र भएको प्रचण्डको टिप्पणी छ ।