ओली र नेपाललाई योगेशको प्रश्न- युथ फोर्स र अखिल फोर्सको औचित्य के ?

397

काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले ब्युँताइएको युथ फोर्स र अखिल फोर्सको कुनै औचित्य नभएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले ऐतिहासिक र गौरवशाली संगठनका रुपमा चिनिने अनेरास्ववियू र युवासंघलाई ओझेलमा पारेर यी दुई संगठन ब्युँताउनुको कुनै औचित्य नभएको बताएका छन् ।

भट्टराईले फेसबुकमा लेखेका छन्,“ऐतिहासिक र गौरवशाली इतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलन/क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौँ युवाहरुलाई राजनीतिक/वैचारिक शिक्षामार्फत पार्टी र सामाजिक कामको नेतृत्व गर्नसक्ने क्षमतामा पुर्याएका अनेरास्ववियू र युवासंघ जस्ता संगठनलाई ओझेलमा रखेर निर्माण गरिएका युथ फोर्स, अखिल फोर्सको औचित्य के छ ?”

उनले समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिककरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्धत यस्ता बाहुबली समूहहरु तत्काल खारेज गर्नु पर्ने बताएका छन् । उनका अनुसार अनेरास्ववियू र युवासंघ जस्ता संगठनलाई सही नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसार गर्नु पर्दछ ।

पार्टीभित्रका गुटहरुमा वैचारिक चरित्र सकिँदै जाँदा एक अर्काका विरुद्ध बाहुबली जथ्था प्रयोग गर्न खोजेको भन्दै प्रश्न गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...