पार्टीमा देखिएको क्रियाशील सदस्यताको समस्या छिटो समाधान गर्नुपर्छ : रामचन्द्र पौडेल

254

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता वितरणमा देखिएको समस्या छिटोभन्दा छिटो समाधान गनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा पार्टीका केन्द्रीय सदस्य गुरू घिमिरेद्वारा लिखित कविता संग्रह‘मृत्युसँगको साक्षात्कार’को विमोचन गर्दै नेता पौडेलले तोकिएको समयमा नै पार्टीको महाधिवेशन गर्न क्रियाशील सदस्यता वितरणमा देखिएको समस्या छिटोभन्दा छिटो समाधान गर्नुपर्ने बताएका हुन् ।

भदौ १६–१९ भित्र महाधिवेशन सम्पन्न नगरे पार्टीको वैधानिकतामाथि प्रश्न चिन्ह खडा हुने भन्दै नेता पौडेलले तोकिएकै मितिमा महाधिवेशन गर्न पार्टी पंक्तिसँग अनुरोध गरे । उनले पार्टीको वैधानिकता जोगाउन पार्टीको केन्द्रीय कार्य समितिको निर्वाचन र प्रदेश समितिको मात्रै निर्वाचन गराउन उपयुक्त हुने प्रस्ताव अघि सारे ।

पार्टीको वैधानिकतालाई जोगाउन यसै गरेर अघि बढ्नु बाध्यकारी अवस्था रहेको नेता पौडेलको तर्क थियो ।

“ठूलो गौरवशाली पार्टीको दर्ता खारेज हुने रिस्क मोल्न हामी तयार छैनौँ । पार्टीको वैधानिकतालाई जोगाउनका लागि केन्द्रीय समितिको निर्वाचन र प्रदेश समितिको निर्वाचन गराऔँ । यसका लागि तत्काल यो क्रियाशील सदस्यता टुंगो लगाऔँ । महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि चुनिनुपर्यो,” उनले भने, “यसो गरेर भए पनि हाम्रो पार्टीको वैधानिकता बचाउनका लागि कटिवद्ध भएर लाग्न पार्टीका नेता कार्यकर्तालाई आह्वान गर्दछु ।”

Share This:
सम्बन्धित खबर
Loading...