काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहलाई कारबाहीकोे माग गरिएको छ ।
गृह जिल्ला सर्लाहीकै जनप्रतिनिधि र नेताहरुले सिंहलाई कारबाही गर्न पार्टी सभापति शेर बहादुर देउवासमक्ष माग गरेका हुन् ।
कांग्रेसबाट प्रदेशसभामा मन्त्री बनेका प्रदेशसभा सांसद्सहित १२ जनाले पार्टी सभापति देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै सांसद् सिंहको तानाशाही र अधिनायकवादी प्रवृत्तिबाट सर्लाही क्षेत्र नम्बर ४ का नेता÷कार्यकर्ता आतंकित भइसकेको भन्दै उनीमाथि कारबाहीको माग गरेका हुन् ।
पर्टी विरोधी र पार्टी संगठनलाई कमजोर गर्ने कार्यमा संलग्न भएको भन्दै सिंहलाई पार्टी विधान बमोजिम कारबाही नभए आफूहरुले नै राजीनामा दिने उनीहरुले चेतावनी दिएका छन् ।
पार्टीको क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै सिंहले बुधबार पार्टी सभापति देउवासमक्ष राजीनामा बुझाएका थिए ।
सिंहमाथि पटक–पटक संसदीय कोषको रकम हिनामिना गरी पार्टीलाई बदमान गराउने। विपद र दैवी प्रकोपको बेला पनि एकपटक क्षेत्रमा नआउनेलगायत आरोपहरु लगाइएको छ ।