टोकियो ओलम्पिक : रिचार्लीसनको ह्याट्रिकमा ब्राजिलको सहज जित

282

काठमाडौं । टोकियो अलम्पिक अन्तर्गत पुरुष फुटबलमा ब्राजिलको यू–२३ टोलीले जर्मनीको यू–२३ टिमलाई पराजित गरेको छ ।

योकोहामास्थित निसान स्टेडियमा बिहीबार सम्पन्न खेलमा १० खेलाडिमा समेटिएको जर्मनीको यू–२३ टोलीमाथि ४–२ गोलको जित हात पारेको हो ।

ब्राजिलको जितमा रिचार्लीसनले ह्याट्रिक गरे । यस्तै पउलिन्होले एक गोल गरे । जर्मनीका नाडिम अमिरी र राग्नर एगले एक–एक गोल गरे ।

रिचालीसनले खेलको ७, २२ र ३०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

पहिलो हाफमा ३–०ले पछि परेको जर्मनीले दोस्रो हाफमा सम्हालिएर प्रदर्शन गर्दै दुई गोल फर्काए पनि हार टार्न सकेन । ५७औँ मिनेटमा नदिम एमिरीले गोल गर्दै खेललाई ३–१को अवस्थामा ल्याए ।

६३औँ मिनेटमा जर्मनीका म्याक्सिमिलिसियन अर्नोल्ड दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । तर, पनि १० खेलाडीमा सीमित भएको जर्मनीले खेलमा दवाव कायमै राख्यो । ८३औँ मिनेटमा राग्नर ऐचेले गोल गर्दै खेललाई ३–२को स्थितिमा ल्याए ।

अतिरिक्त समयको चौथो मिनेटमा पाउलिन्होले गोल गर्दै ब्राजिललाई ४–२ को सहज जित दिलाए ।

जितसँगै समूह‘डी’मा ३ अंक जोड्दै ब्राजिल शीर्ष स्थानमा रहेको छ । पराजित जर्मनी तेस्रो स्थानमा छ ।

Share This:
सम्बन्धित खबर
Loading...