पार्टी एकताका लागि अधिकतम प्रयन्त जारी राख्ने एमाले बैठकको निष्कर्ष

268

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले एकताका लागि अधिकतम प्रयास राख्न र एकताका लागि आवश्यक निर्णय गर्ने अधिकार अध्यक्ष केपी ओलीलाई दिने निर्णय गरेको छ ।

बिहीबार सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले एकताका लागि अधिकतम प्रयास राख्ने भन्दै अनुशासन उल्लङ्घनका घटनालाई पनि माफी दिन सकिने र एकताको आवश्यक निर्णय लिने अधिकार अध्यक्षलाई दिएको हो । एकताका लागि आवश्यक छलफल भइरहेकाले कारबाहीका बारेमा अरु निर्णय नगरिएको ज्ञवालीले जानकारी दिए ।

अध्यक्षले पार्टी एकतालाई सुदृढ गर्ने गरी आउन चाहनेलाई विगतका गल्ती बिर्सेर पनि स्वागत गर्न सकिने बताएको उनले जानकारी दिए । एकताका लागि आवश्यक छलफल भइरहेकाले कारबाहीका बारेमा अरु निर्णय नगरिएको ज्ञवालीले बताए ।

“आजको बैठकमा मूलतः पार्टी एकतालाई कायम राख्नका निम्ति भइरहेको प्रयासहरुका बारेमा छलफल गरेका छौँ । र, यो प्रयासलाई थप निरन्तरता दिने र कमसे कम नेतृत्वको तर्फबाट पार्टीका सबै साथीहरुलाई समेट्ने मामलामा अधिकतम् प्रयत्न गर्ने निष्कर्ष निकालिएको छ,” बैठकपछि प्रवक्ता ज्ञवालीले भने,“अध्यक्षले पार्टी एकतालाई सुदृढ गर्ने गरी र पार्टीमा योगदान गर्नेगरी आउन चाहने साथीहरुलाई विगतका गल्ती बिर्सेर पनि स्वागत गर्न सकिने कुराहरु बताउनुभएको छ ।”

पार्टी एकताका निम्ति प्रयासहरु जारी राख्ने र बाटो बिराएका, आन्दोलनको अहित हुनेगरी गतिविधिमा संलग्न भएका साथीहरुलाई कमिकमजोरीहरु सच्याएर आउनका लागि अपील गर्दै बैठक सकिएको उनको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...