देवेन्द्र दाहालको प्रश्न : सेटिङबाट फैसला भएको हो किन नभन्ने ?

297

काठमाडौं । राष्ट्रियसभाका सदस्य तथा नेकपा एमालेका नेता देवेन्द्र दाहालले ‘सर्वोच्च अदालतले सेटिङबाटै इजलास गठन गरेको र सेटिङ बाटै निर्णय’ गरेको टिप्पणी गरेका छन् ।

बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले भने,“फलान–फलाना न्यायाधीश बस्छन् भने हामी बाहिरिन्छौँ कसले भने ? त्यसका बारेमा लेखिएको खोइ ? यसमा आत्मसमीक्षा चाहिन्थ्यो कि ? त्यसो होइन भने सेटिङबाट इजलास गठन र सेटिङबाटै निर्णय भएको हो किन नभन्ने ?”

राष्ट्रियसभा सदस्य दाहालले सर्वोच्च अदालतको १६७ पेजको फैसलामा किन महत्वपूर्ण छुटाएको भनेर प्रश्न पनि गरे । साथै, उनले सर्वोच्चका दुईजना न्यायाधीशको बारेमा फैसला मौन रहेको समेत बताए ।

उनले यतिबेला देश परमादेशबाट शासित भइरहेको बताउँदै फैसलाका बारेमा राष्ट्रियसभाले दृष्टिकोण बनाउनुपर्ने बताए । उनले भने,“भर्खरै अदालतले गरेको फैसलाका बारेमा यो सभाको दृष्टिकोण के हो ? फैसलाका विषयमा प्रश्न उठाउन पाउने कि नपाउने ?”

राष्ट्रियसभा जनताको अदालत भएको बताउँदै उनले जनताको पक्षमा आवाज उठाउने मात्रै होइन, त्यस्ता गलत फैसलाका बारेमा जनतालाई सुसूचित गर्दै सच्याउन र कानुनलाई प्रष्ट बनाउन लाग्नुपर्ने उल्लेख गरे ।

Share This:
सम्बन्धित खबर
Loading...