नागरिकता विधेयक पारित नगरेर सांसद्हरुले ठूलो अपराध गरेका छौँ : विमला पौडेल

379

काठमाडौं । राष्ट्रियसभाकी सांसद् विमला पौडेल राईले नागरिकता विधेयक पारित नगरेर सांसद्हरुले ठूलो अपराध गरेको बताएकी छन् ।

बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले संविधान अनुसार नागरिकता पाउनुपर्ने ६ लाख युवाहरु नागरिकताविहीन हुनुको जिम्मेवार सांसद्हरु रहेको टिप्पणी गरेकी हुन् ।

“निवर्तमान सरकारले कानुनको मस्यौदा गरेर प्रतिनिधिसभामा बुझायो । प्रतिनिधिसभाले तीन वर्षदेखि छलफल गरेकै छ, राष्ट्रियसभामा अहिलेसम्म आएको छैन । दलीय सहमतिको नाममा ६ लाख नागरिक हुने युवालाई नागरिकताविहीन बनाएर राख्न मिल्छ ?” उनले भनिन्,“त्यो चाँडो निकाल्नु पर्देन ? सम्माननीयज्यू यो एकदमै ठूलो अपराध गरिरहेका छौँ ।”

नागरिकताविहीन हुनेहरुको पीडाले सांसद्हरुलाई छुन नसकेको सांसद् राईले बताइन् । “हामी संसद्‌मा बस्ने सांसद्हरु नागरिकताविहीन छैनौँ, हाम्रा छोराछोरी पनि नागरिकताविहीन छैनन् । त्यसैले हामीलाई कति छोएको छ शंका लागेको छ,” उनले भनिन् ।

Share This:
सम्बन्धित खबर
Loading...