काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले ‘आइटी आर्मी’प्रति आफ्नो पूर्ण समर्थन रहेको स्पष्ट पारेका छन् ।
बेथिति र विसंगतिका विरुद्ध लड्न तथा समाजवादी क्रन्तिका लागि वामपन्थी युवाहरुले गठन गरेको आइटी आर्मीको विषयमा जोडेर केही सञ्चार माध्यमले भ्रम फैलाएको उनको टिप्पणी छ ।
सामाजिक सञ्जालमार्फत पूर्वमन्त्री बस्नेतले आइटी आर्मीप्रति कुनै असहमति नरहेको र स्रोत एवम् तथ्य बिनाको प्रायोजित अनलाइनहरुले भ्रम फैलाएको एललेख गरेका छन् ।
“क. प्रभु साहसँगको मेरो सम्बन्ध त्यस्तो खराब नि छैन, आइटी आर्मी गठनमा मेरो असहमति होस् । उहाँ र मेरो सल्लाह अनुसार नै बनेको हो आइटी आर्मी, अनि साइबर सेनासँगै मिलेर दुवै संगठनमा काम गर्छन् । श्रोत र सम्पर्क बिनाको अनलाइनका खबरहरु पढ्दै छु,” बस्नेतले लेखेका छन् ।
मंगलबार एमाले नेता प्रभु साहको नेतृत्वमा आइटी आर्मी गठन गरिएको थियो ।