कांग्रेस संकटमा पर्नुको कारण मुखमा बिपीको गुणगान, काममा आफ्नै सानो सोच : भट्टराई

378

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाली कांग्रेस संरचनात्मक संकटमा पर्नुको कारण नेताहरुको सानो सोच र स्वार्थ भएको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमा भट्टराईले बिपी कोइराला स्मृति दिवस मनाइरहँदा मुखले गुणनान गाए पनि काममा आफ्नो सोच सानो रहेको टिप्पणी गरेका हुन् ।

बिपी कोइराला र पिएल सिंहलाई आधुनिक नेपाली इतिहासको अग्रणी व्यक्ति भएको उल्लेख गर्दै कांग्रेस र कम्युनिस्ट पार्टीका नेताहरुलाई स्वार्थमा लागेको कटुसत्य नभुल्नसमेत बाबुरामको आग्रह छ ।

भट्टराईले ट्विटरमा लेखेका छन्,“आधुनिक नेपाली इतिहासका दुई अग्रणी व्यक्तित्व बिपी र सिएलको स्मृतिदिवस (क्रमशः साउन ६ र ७ गते)मनाइरहँदा मुखले उहाँहरूको गुणगान गर्ने तर काम आफ्नै सानो सोच र स्वार्थ अनुरूप गर्ने प्रवृत्तिले समग्र नेपाली राजनीति र विशेषतः नेका र नेकपालाई संरचनात्मक संकटमा धकेलेको कटुसत्य नबिर्सौं ।”

Share This:
सम्बन्धित खबर
Loading...