माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक

411

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

बुधबार बसेको स्थायी कमिटी बैठकले प्रतिगमनविरुद्ध थालेको संघर्ष सफल भएकाले पार्टीलाई व्यवसीथत गर्न केन्द्रित हुने निर्णय गरेको छ ।

त्यसअनुसार २१ गते ११ बजे केन्द्रीय कमिटी बैठक बोलाइएको छ । त्यो बैठकको तयारीका लागि १७ गते स्थायी कमिटी बैठक बस्ने माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

आजको बैठकमा सरकारलाई पूर्णता दिने विषयमा गठबन्धनका शक्तिहरुसँग छलफल गर्ने निर्णय भएको पनि श्रेष्ठले जानकारी दिए ।

“हामीले जुन प्रवृत्तिका विरुद्धमा संघर्ष गर्यौँ, त्यो हामीले कुनै पनि ढंगबाट देखिनु हुँदैन भन्ने कुरामा सबै जनाको जोड रह्यो,” श्रेष्ठले भने, “त्यसको निम्ति गठबन्धन सरकारलाई न्यूनतम साझा कार्यक्रम वा साझा प्रतिबद्धतामार्फत अगाडि बढाउनुपर्ने भएकाले छिटोभन्दा छिटो गठबन्धनका पार्टीहरु सम्मिलित भएर एउटा न्यूनतम साझा कार्यक्रम वा हाम्रा प्राथमिकताका कार्यक्रमहरु, प्रतिबद्धताहरु तुरुन्तै तय गर्न पार्टीले आह्वान गरेको छ त्यसै अनुसार कार्यदलका साथीहरुलाई निर्देशन दिइएको छ ।”

Share This:
सम्बन्धित खबर
Loading...