कोरोना प्रभावित अर्थतन्त्र उकास्न सरकारले खोपसँगै राहत प्याकेज ल्याउँछ : अर्थमन्त्री शर्मा

337

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीबाट प्रभावित अर्थतन्त्र उकास्न सरकारले कोरोना खोपसँगै राहतको प्याकेट ल्याउने बताएका छन् । अर्थतन्त्र उकास्नेगरी आर्थिक प्याकेजका लागि मन्त्रालयले तयारी गरिरहेको पनि उनले बताए ।

बुधबार नेपाल उद्योग परिसंघको १८औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भने,“कोभिड–१९ प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्न भ्याक्सिनसँगै राहतको प्याकेज सरकारले ल्याउँदै छ, अर्थ मन्त्रालयले यसको यसको तयारी गरिरहेको छ ।”

कोरोना महामारीका कारण मुलुक आर्थिकरुपले चुनौतीपूर्ण अवस्था रहेको भए पनि यसले नयाँ सम्भावनाको बाटो समेत देखाएको उनले बताए । कोभिडले आत्मनिर्भरताको बाटोतर्फ जान सिकाएको भन्दै मन्त्री शर्माले यो बेला निजी क्षेत्र र राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने धारण राखे ।

शर्माले सरकारले आयात निरुत्साहित गर्दै निर्यातमा जोड दिने भन्दै त्यसका लागि प्रदेशस्तरमा साना उद्योग र त्यसलाई जोड्ने ठूला उद्योग निर्माण अबको प्राथमिकता भएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...