बिपी कोइराला ‘सानो देशको ठूलो मान्छे’ : प्रधानमन्त्री देउवा

351

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला ‘सानो देशेको ठूलो मान्छे’को उपमा दिएका छन् ।

बिपी कोइरालाको १०७औँ जन्मजयन्तीका सन्दर्भमा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले गरेको अन्तरक्रियामा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

“बिपी कोइरालालाई मैले सानो देशको ठूलो मान्छे भन्ने गरेको छु । त्यसैले हामीले बिपीका सामान्यभन्दा सामान्य कुराहरुसमेत ग्रासरुटका कार्यकर्तालाई पठाउन र बुझाउन सुरु गरेका छौँ,” देउवाले भने,“यही विचारबाट हाम्रो पार्टी अझ सशक्त र बलियो बन्ने छ भन्ने विश्वास गरेको छु ।”

देउवाले बिपीका भाषण मात्रै सुन्दासमेत धेरै पाठ सिक्न सकिने बताए । “उहाँले बोलेका भाषण मात्रै सुन्यौँ भने हामीले धेरै पाठ सिक्न सक्छौँ र आफ्नो बाटो पत्ता लगाउन सक्छौँ,” देउवाले भने ।
ब्यहोर्ने

Share This:
सम्बन्धित खबर
Loading...