प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच भेटवार्ता

576

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेका छन् ।

बुधबार बिहान बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवासँग ठाकुरले कुराकानी गरेका हुन् ।

ठाकुरनिकट एक नेताले दिएको जानकारी अनुसार प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुरबीच जसपाले उठाउँदै आएको मगलगायत विषयमा छलफल भएको छ ।

जसपाको ठाकुर पक्षको केन्द्रीय कार्यकारिणी समितिले रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने र लाल आयोगको प्रतिवदेन सार्वजनिक गर्नुपर्ने विषय उठाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...