एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

457

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिस्ठानमा सोमबारबाट सुरु भएको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।

एमाले केन्द्रीय कमिटीको चालु १०औँ बैठक आज पनि जारी रहने एमालेले जनाएको छ ।

सोमबारको बैठकमा एमालेले आफ्ना २२ सांसद्लाई २४ घन्टे स्पष्टीकरण सोधेको थियो । बैठकले आइतबार पार्टीको ह्विप उल्लङ्घन गरी प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा मत हाल्ने सांसद्हरुलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।

यद्यपि नेपाल पक्षका सांसद्हरुले दुई दिन बित्दासमेत स्पष्टीकरण दिएका छैनन् ।

Share This:
सम्बन्धित खबर
Loading...