गोकर्णेश्वर ६ को इकाई सभापतिमा दीपक लामाको दाबी

270

काठमाडौं । नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका–६ को इकाई सभापतिमा दीपक लामाले दाबी गरेका छन् ।

उनले नेपाली कांग्रेस पार्टीमा आबद्ध भएर आफूले लामो समयदेखि कार्यगर्दै आइरहेकाले गोकर्णेश्वर वडा नम्बर ६ को इकाई सभापतिमा दाबी गरेको बताएका हुन् । उनले वडा कमिटी पार्टी संगठनको मेरुदण्ड भएकाले संगठनलाई बलियो बनाउन बलियो नेतृत्व आवश्यक हुने बताए । आफूले स्थानीय स्तरमा पार्टी संगठनको हितमा लामो समयदेखि काम गरेकाले पार्टीलाई बलियो बनाउन इकाई सभापतिमा दाबी गरेको बताए ।

कलेज जीवनबाटै साधारण सदस्यता लिई राजनीतिक जीवन सुरु गरेका दीपक लामाले २०५१ सालमा तरुण दल पुनःगठनपछि जोरपाटी गाविस तरुण दल इकाई सचिवको रुपमा जिम्वेवारी निर्वाह गरेका थिए । १२औँ र १३औँ महाअधिवेशनबाट बुथ प्रतिनिधि भई कार्य गरेको साथै २०५४ साल पछिका स्थानीय चुनावमा वडा संयोजकको भूमिका निर्वाह गरेको बताए ।

लोकतान्त्रिक मूल्य, मान्यता र संस्कारलाई लाई विश्वास गर्ने लामाले आफूले स्थानीय स्तरमा निस्वार्थरुपमा पार्टी संगठन र जनताको हितमा काम गरेकोले आफूले सभापतिको रुपमा पार्टीलाई वडास्तरमा बलियो बनाउने दाबी गरे । योग्य व्यक्तिले नेतृत्व गरेपछि वडामा रहेका आम नेपाली कांग्रेसका नेता, कार्यकर्ता शुभेच्छुक सबैको सम्मान हुने र माथिल्लो तहमा प्रतिनिधित्व पनि मजबुत हुने लामाले बताए । उनले गोकर्णेश्वर ६ का नेपाली कांग्रेसका आम कार्यकर्ताहरुले सही र सक्षम नेतृत्व चाहेकाले आफूले उम्मेदवारी दिएको बताए ।

उनले आफूले राजनीतिका साथसाथै सामाजिक विकास तथा खेलकुदको क्षेत्रमा पनि क्रियाशिल भएर काम गरिरहेकोले आम युवावर्ग र आम नागरिकहरुको भावना बुझेर इकाई सभापतिमा दाबी गरेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...