‘फ्लोर क्रस’ गर्ने २२ सांसद्लाई भएन कारबाही, बैठक भोलि फेरी बस्ने

एमाले केन्द्रीय कमिटी बैठक

275

काठमाडौं । नेकपा एमालेले पार्टी एकताका लागि भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै एकताका लागि निरन्तर प्रयास गर्ने निर्णय गरेको छ ।

मंगलबार ललितपुरमा बसेको एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकमा सहमतिका बारेमा छलफल भएको र यसलाई कार्यान्वयनमा लगेर एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकमा कार्यदल संयोजक सुवास नेम्वाङले पार्टी एकताका लागि भएका प्रयासका बारेमा जानकारी गराएका थिए ।

त्यस्तै, बैठकमा प्रदेशको प्रतिनिधित्व गर्ने प्रदेश अध्यक्षहरुले पार्टीको दिशा र भविष्यका विषयमा रिपोर्ट पेस गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए । बैठकमा उठेका प्रश्नको बुधबार महासचिवले जबाफ दिने कार्यसूची रहेको उनले बताए ।

सरकारले भूमि समस्या समाधान आयोग विघटन गर्न खोजिएको चर्चा चलिरहँदा आयोगले गरेको कामको बारेमा आयोगका अध्यक्ष देवी ज्ञवालीले जानकारी गराएको प्रवक्ता ज्ञवालीले बताए । बैठकले शेर बहादुर देउवाको पक्षमा भोट हाल्ने २२ जना सांसद्लाई गर्ने कारबाहीका बारेमा कुनै निर्णय नभएको प्रवक्ता ज्ञवालीले बताए ।

ज्ञवालीले स्पष्टीकरणको २४ घन्टा पूरा नभएकाले कारबाहीको कुनै निर्णय नभएको बताए । सांसद्हरुले स्पष्टीकरणको पत्र पाएको २४ घन्टासम्म पर्खिने उनले बताए ।

बैठक बुधबार ३ बजे पुनः बस्ने ज्ञवालीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...