अञ्जु पन्तको आवाजमा ‘छटपटी’ गीत सार्वजनिक [भिडियो]

747

काठमाडौं । वियोगान्त प्रेम कथालाई समेटेर तयार पारिएको विष्णु कट्टेल, निता क्षेत्री र टेकेन्द्र कार्की फिचर्ड म्युजिक भिडियो ‘छटपटी’ डिजिटल बजारमा सार्वजनिक भएको छ।

चर्चित गायिका अञ्जु पन्तको सुमधुर स्वरमा समावेश यस गीतमा शब्द, संगीत इजरायलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक, गीतकार तथा संगीतकार राज लिम्बूको रहेको छ । प्रेम सम्बन्धमा अविश्वासले मनमा उब्जाउने छटपटीको भाव गीतमा व्यक्त गरिएको छ । दीपकराज विश्वकर्माले यस गीतलाई संगीत संयोजन गरेका हुन् ।

इजरायलमा छायांकन गरिएको यस भिडियोलाई सन्तोष माबो (माबो क्रिएसन) को छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो । गायक लिम्बूको आधिकारिक च्यानल ‘राज लिम्बू’मार्फत भिडियो सार्वजनिक गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...