प्रधानमन्त्रीसँग महन्थ ठाकुर पक्षको माग : संविधान संसोधन र रेशम चौधरीको रिहाइ

492

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले विश्वासको मत लिनुअघि गरेको प्रतिबद्धता तत्काल पूरा गर्न प्रधानमन्त्री शेर बहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

साउन ३ मा प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा ठाकुर पक्षले पनि मत दिएको थियो । आफ्नो माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्दै ठाकुर पक्षको कार्यकारिणी समिति बैठकले संविधान संसोधन, रेशम चौधरीलगायत बन्दीहरुको रिहाइ, नागरिकतासम्बन्धी समस्या समाधान, स्थानीय तहको पुनःसंरचना, लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

बैठकपछि विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले आफ्ना माग पूरा गराउन वर्तमान प्रधानमन्त्रीसँग माग गर्ने र अघिल्लो सरकारले गरेका सकरात्मक कामका लागि धन्यवाद दिने निर्णय भएको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...