ओली नेतृत्व सरकारले गरेको असंवैधानिक नियुक्ति खारेज गर्न देउवा-प्रचण्ड सहमत

254

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकारले गरेको सबै असंवैधानिक नियुक्तिहरु खारेज गर्ने प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति भएको छ ।

मंगलबार बालुवाटारमा देउवा र प्रचण्डबीच यस्तो सहमति भएको बालुवाटार स्रोतले जनाएको छ । उनीहरुले साझा सहमति गरेर सरकार सञ्चालन गर्ने पनि सहमति गरेका छन् ।

सरकार प्रभावकारी ढंगले सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । यसअघि आजै बिहान अध्यक्ष प्रचण्ड र जसपाका नेता उपेन्द्र यादवले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटेर सरकार सञ्चाालनको विषयमा छलफल गरेका थिए ।

नेपालसँगको भेटमा पनि नेताहरुले ओली सरकारले गरेको असंवैधानिक नियुक्तिहरु खारेज गर्ने विषयमा छलफल भएको थियो । ओली नेतृत्वको सरकारले पछिल्लो समय झण्डै ३ दर्जन नियुक्तिहरु असंवैधानिक ढंगले गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...