काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले माधव कुमार नेपाल र एमालेसँगै हिँड्न नसक्ने बताएका छन् ।
सोमबार पार्टीको केन्द्रीय कमिटीको बैठकमा भएको छलफलपछि बास्कोटाको यस्तो प्रतिक्रिया आएको हो । बास्कोटाले एमालेले जित्दा माधवले हार्ने र माधवले जित्दा एमाले हार्ने स्थिति सिर्जना भएको उल्लेख गरे । “अब देशभरका एमालेजनले बिना अलमल व्यक्ति वा पार्टीमध्ये एक रोज्न सक्नुपर्दछ । अर्को विकल्प छैन ।” बास्कोटाले लेखेका छन् ।
“अब एमाले र माधव नेपालाई न सँगै हिँडाउन सकिन्छ न त जिताउन नै । माधव जित्दा एमाले हार्छ तर एमाले जित्दा माधव मात्र हर्छन् । तसर्थ देशभरका एमालेजनले बिना अलमल व्यक्ति वा पार्टी मध्ये एक रोज्नुपर्दछ । अर्को विकल्प छैन,” बास्कोटाले समाजिक सञ्जालमा लेखेका छन् ।