काठमाडौं । डिजिटल रेमिट्यान्स्को क्षेत्रमा तीव्र गतिमा बजार विस्तार गरिरहको इसेवा मनि ट्रान्स्फर र कुवेतलाई आधार बनाएर रेमिट्यान्स् कारोबार गर्दै आएको कुवेत इन्डिया इन्टरनेसनल एक्स्चेञ्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै कुवेतमा रहेका नेपालीहरूलाई रेमिट्यान्स् पठाउन अझ सहज भएको छ ।
कुवेतमा रहेका नेपालीहरूले कुवेत इन्डिया इन्टरनेसनलमार्फत नेपालका कुनै पनि बैंक खातामा तथा इसेवा वालेटमा कम लागतमा रकम पठाउन सक्नेछन् । साथै कुवेतमा रहेका कुवेत इन्डिया इन्टरनेसनलका ८ वटा शाखा तथा मोबाइल भ्यानमार्फत पनि नगद रेमिट्यान्स् पठाउन सकिन्छ । मोबाइल भ्यान रकम पठाउने व्यक्तिको घर घरमा पुग्ने छ । उक्त रकम नेपालमा रहेका इसेवा मनि ट्रान्स्फरका ८ हजारभन्दा धेरै एजेन्ट नेटवर्कमार्फत प्राप्त गर्न सकिन्छ भने सिधैँ इसेवा खातामा लोड गर्न पनि सकिन्छ ।
कुवेत इन्डिया इन्टरनेसनल एक्स्चेञ्ज १९७९ मा स्थापित कुवेतको केन्द्रीय बैंकबाट अनुमति प्राप्त रेमिट्यान्स् कम्पनी हो । जसले स्मार्ट वित्तीय सेवाका साथ रेमिट्यान्स्, मुद्रा विनियम जस्ता सेवाहरू दिँदै आएको छ । वर्षौँदेखिको उत्कृष्ट सेवाका कारण कम्पनी कुवेतको एक अग्रणी वित्तीय सेवा प्रदायकका रूपमा अगाडि बढेको छ ।
इसेवा मनि ट्रान्सफरले डिजिटल तथा परम्परागत शैलिको माध्यमबाट इसेवा वालेट तथा ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८ हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।