देउवालाई विश्वासको मत दिएर नेताहरुले अक्षम्य अपराध गरे : ईश्वर पोखरेल

275

काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएर पार्टीका केही नेताहरुले अक्षम्य अपराध गरेको टिप्पणी गरेका छन् ।

आइतबार पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालसहितका २२ जना एमाले सांसद्हरुले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । उनीहरुको सो कदम पार्टीको राजनीतिक तथा सांगठानिका जीवनमा अक्षम्य अपराधको घटना भएको महासचिव पोखरेलले बताए ।

सोमबार तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको १०औँ केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले पार्टीको निर्णयविपरीत विपक्ष दलका नेतालाई विश्वासको मत दिने अप्रिय घटना पार्टीका केही नेताहरुले घटाएको उल्लेख गर्दै आपत्ति जनाए ।

महासचिव पोखरेलले पाटीको जीवनमा चुनौती देखिएको उल्लेख गर्दै त्यसलाई समाधान गर्दै अघि बढाउनुपर्नेमा जोड दिए ।

Share This:
सम्बन्धित खबर
Loading...