सबै नेपालीलाई पुग्ने खोपको व्यवस्था हामीले गरेका हौँ : ओली

333

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारले गरेका कामलाई ओझेलमा पार्न प्रतिक्रियावादी शक्ति लागिपरेको बताएका छन् ।

तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा जारी एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै निवर्तमान प्रधानमन्त्री ओलीले आफ्नो सरकारले गरेको कामले राजनीतिक दलहरुको अस्तित्व धरापमा परेकाले उनीहरु विरोधमा उत्रिएको बताए । उनले आफू सरकारमा हुँदा जनताको पक्षममा काम गरेको दाबी गरे ।

“सरकारमा रहँदा जनताको पक्षमा काम गरेका थियौँ,” ओलीले भने,“सबै नेपालीलाई लगाउन पुग्नेगरी खोपको व्यवस्था गरेका छौँ । अब कसैले जोड दिइराख्न पर्दैन । बाढी पीडितको व्यवस्थापन गर्न सबै तयारी भइसकेका छन् ।”

Share This:
सम्बन्धित खबर
Loading...