‘लोकतन्त्रको विजय भयो’

188

काठमाडौं । सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले प्रतिनिधिसभामा आइतबार सम्पन्न मत परिणामले संविधान र लोकतन्त्रको विजय भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले आजको परिणाम पटक–पटक प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि गरेको बताए । उलने भने,“संविधानको पक्षमा दलहरुले अभिमत दिनुभएको छ ।”

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अन्योल र संकटग्रस्त राजनीतिमा सुधार हुने विश्वास व्यक्त गरे ।

त्यसैगरी, एमाले नेता गोकुल बास्कोटाले सरकार परिवर्तन सामान्य घटना भएको र आगामी दिनमा राजनीतिले लिने गतिका आधारमा टिप्पणी गरिने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...