ओलीलाई भष्मासुरको संज्ञा दिँदै भट्टराईले भने– अब हामी पनि सच्चिऔँ

544

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अब आफूहरु पनि सच्चिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री शेर बहादुर देउवाले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले अब आफूहरु पनि सच्चिनुपर्ने दिन आएको बताएका हुन् ।

ओलीलाई भष्मासुरको संज्ञा दिँदै नेता भट्टराईले बालुवाटारबाट बिदा दिँदा सडकमा गरिएको तामझामले उनलाई झनै नाङ्गो बनाएको दाबी गरे । “केपी ओलीको भष्मासुर प्रवृत्तिले आधा गिलासलाई पनि घोप्ट्याएको थियो । तर, सर्वोच्च अदालतले सही बाटोमा ल्याइदिएको छ,” उनले भने,“सर्वोच्चको फैसला मैले पटक–पटक पढेँ । त्यहाँ संविधानलाई ट्रयाकमा ल्याउने कुरा गरिएको छ । एकजना भष्मासुर बिदा भए । अब हामी पनि सच्चिने बेला अएको छ ।”

जसपाकै अध्यक्ष महन्थ ठाकुर पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताएपछि उनले पार्टीभित्र झगडा भए पनि अहिले ठीक ठाउँमा आएको उनले बताए ।

“हामी अभागीलाई खाने बेलामा रिस उठ्यो । हामी एकढिक्का भएको भए जनता समाजवादी पार्टी आफैँले निकास दिन सक्थ्यौँ । हामी आपसमा झगडा गर्न थाल्यौँ । फेरि हाम्रा साथीहरु ठीक ठाउँमा आउनुभयो,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...