काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले सांसद् पदबाट राजीनामा दिएर नेता भीम रावलले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गरेको बताएका छन् ।
रावलको राजीनामाबारे सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गर्दै थापाले राष्ट्रियता र प्रजातन्त्रको सवालमा पनि रावलको अडान प्रशंसनीय रहेको टिप्पणी गरेका छन् ।
“विद्यमान विकृत राजनीतिक परिवेशलाई दृष्टिगत गर्दै सांसद पदबाट राजिनामा दिएर उहाँले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गर्नुभएको छ,” उनले ट्विटरमा लेखेका छन्,“विगतमा राष्ट्रियता र प्रजातन्त्रको सवालमा डा.रावलको अडान प्रशंसनीय रहेको छ। राजनीतिको शुद्धिकरणमा आगामी दिनमा उहाँका कदमलाई शुभकामना ।”
शेर बहादुर देउवालाई विश्वासको मत दिनअघि उनले राजीनामाको घोषणा गरेका थिए ।