देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

358

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको सांसद् मातृका यादवले जानकारी दिए ।

उनले प्रतिनिधिसभा विघटनविरुद्ध हस्ताक्षर गर्ने सांसदभन्दा पनि धेरै मत देउवाले पाउने दाबी गरे । उनले १ सय ५० जनाभन्दा बढी सांसदले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पनि बताए । प्रतिनिधिसभा निरन्तर चलोस् भन्ने पक्षमा माओवादी केन्द्र रहेको उनले बताए ।

सत्ता समिकरणका बारेमा भने बैठकमा छलफल नभएको उनले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...