काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले सांसद् पदबाट राजीनामाकाे घाेषणा गरेका छन् ।
अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित रावलले आइतबार राजीनामाकाे घाेषणा गरेका हुन् । आइतबार प्रतिनिधिसभा बैठक बस्नुअघि रावलले राजीनामाकाे घाेषणा गरेका हुन् ।
आफू पार्टी एकताको पक्षमा १० बुँदे सहमति कार्यान्वयन गर्न लागे पनि माधव नेपालबाटै सहयोग नभएको भन्दै देउवालाई विश्वासको मत दिनुभन्दा सांसद् पदबाट राजीनामा दिएर दवाव सिर्जना गर्न खोजेको बताइएको छ ।
आइतबार प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिने कार्यसूची छ ।
नेकपा माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।
एमालेले भने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । तर, वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका केही सांसद्हरुले भने विश्वासको मत दिने बताइसकेका छन् ।