कांग्रेस संसदीय दलको बैठक आज बस्दै

421

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ ।

पार्टी सभापति एवम् संसदीय दलका नेता शेर बहादुर देउवा प्रधानमन्त्री बनेपछि दलको पहिलोपटक बैठक बस्न लागेको हो ।

संसदीय दलको बैठक आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्न लागेको सांसद् डिला संग्रौलाले जानकारी दिइन् ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिमा पार्टीले सदनमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा छलफल हुने बताइएको छ । साथै, बैठकमा विश्वासको मत, सरकारको प्रभावकारिता र मन्त्री छनोटलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...