प्रतिनिधिसभा पुनःस्थापनापछि आज पहिलो बैठक बस्दै

528

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले पुनःस्थापना गरेपछि पहिलोपटक आज प्रतिनिधिसभाको बैठक बस्दै छ।

आइतबार अपरान्ह ४ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बस्न लागेको हो।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी थिइन् ।

आज बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले १६ वटा विधेयकहरू पेस गर्ने तयारी गरेको छ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका विधेयकहरू प्रतिनिधिसभामा पेस गर्दै प्रक्रियामा लैजाने निर्णय गरेको थियो ।

आजै अपरान्ह ४ बजे राष्ट्रियसभा बैठक पनि बस्दै छ। अघिल्लो सरकारले प्रतिनिधिसभा पुनःस्थापना भएपछि हठात् राष्ट्रियसभा अधिवेशन अन्त्य गरेको थियो ।

बैठकका लागि सबै तयारी पूरा भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ । सांसदहरू, राष्ट्रियसभा सदस्य, कर्मचारीलगायत सबैको कोरोना परीक्षणसमेत भइसकेको छ।

Share This:
सम्बन्धित खबर
Loading...