देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने जनमोर्चाको निर्णय

596

काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीको अध्यक्षतमा बसेको बैठकले नवगठित देउवा नेतृत्वको सरकारलाई समर्थन गर्दै विश्वासको मत दिने निर्णय गरेको हो ।

जनमोर्चाले संसद् विघटन बदरको फैसला गर्ने सर्वोच्च अदालतको संवैधानिक इजलास तथा संसद्को पुनःस्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्ने पक्षमा बहस पैरवी गर्ने सम्पूर्ण कानुन व्यवसायीहरुलाई धन्यवाद समेत दिएको छ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमाथि अझै षड्यन्त्र गर्न सक्ने हुनाले यसप्रति सचेत हुन पनि आग्रह गरेको छ । उसले गणतन्त्र, राष्ट्रियता तथा धर्म निरपेक्षताको रक्षाको आन्दोलनमा ध्यान केन्द्रित हुनुपर्ने जनाएका छ ।

Share This:
सम्बन्धित खबर
Loading...