कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिका सदस्यमाथि आक्रमण

268

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम कुमार घिमिरेमाथि आक्रमण भएको छ ।

पार्टी केन्द्रीय सदस्यसमेत रहेका घिमिरेमाथि सदस्यता छानबिन स्थलमै पुगेर केही व्यक्तिले आक्रमण गरेको नेपाली कांग्रेसले जनाएको छ । उनीहरु नेपाली कांग्रेसकै कार्यकर्ता भएको बुझिएको छ ।

कृयाशील सदस्यताको छानबिन स्थलमा पुगेर सांगठानिक कार्यमा व्यस्त रहेको समयमा एकाएक गरिएको आक्रमण पार्टीको अनुशासित सदस्यताको परिचय हुन नसक्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महाधिवेशन तयारीमा शुक्रबार बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकले घटनालाई गम्भीरतापूर्वक लिएको विज्ञप्तिमा जनाइएको छ ।

May be an image of text

Share This:
सम्बन्धित खबर
Loading...