संघीयताको औचित्यमाथि प्रश्नचिन्ह खडा भयो : कमल थापा

425

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले संघीयताको औचित्यमाथि प्रश्नचिन्ह खडा भएको बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा उनले लुम्बिनी, कर्णाली र गण्डकीमा विकसित राजनीतिक घटनाक्रमका कारण संघीयताको औचित्यमाथि नै प्रश्न खडा भएको उल्लेख गरे ।

“लुम्बिनी,कर्णाली र गण्डकी प्रदेशमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमले संघियताको औचित्यमाथि फेरि एकपटक प्रश्नचिन्ह खडा गरेको छ,” थापाले भने,“ प्रदेशसभा जीवित नै रहेको अवस्थामा अध्यादेशबाट बजेट ल्याउनु गलत,अमर्यादित र असंवैधानिक छ। देशले धान्ने नसक्ने र अनावश्यक संघीय संरचनाबारे पुनर्विचार गरौँ ।”

Share This:
सम्बन्धित खबर
Loading...