श्वेतपत्र ल्याउने अर्थमन्त्री शर्माको घोषणा

378

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र ल्याउने बताएका छन् ।

मन्त्री शर्माले वर्तमान अर्थतन्त्रको यथार्थ अवस्थाको विवरण तयार पारेर सार्वजनिक गरिने बताए । “म अर्थतन्त्रको अध्ययनकै चरणमा छु,” मन्त्री शर्माले भने,“छिट्टै श्वेतपत्र ल्याउँछौँ ।” उनका अनुसार मन्त्रालयले आजसम्मको अर्थतन्त्रको अवस्था र आगामी भिजन समेटेर श्वेतपत्र ल्याइने छ ।

सरकारले बजेट अध्यादेशलाई सदनलाई सदनमा प्रस्तुत गर्ने जानकारी दिँदै मन्त्री शर्माले सम्पूर्ण बजेट अध्यादेश वा त्यसका केही प्रवधान स्वीकार गर्ने वा अस्वीकार गर्ने विषयमा सदनले निर्णय गर्ने बताए ।

मन्त्री शर्माले कोभिड प्रभावित अर्थतन्त्रलाई कसरी पनरुत्थान गर्ने भन्ने विषयमा छलफल भइरहेको पनि जानकारी दिए । यस्तै, अघिल्ला वर्षहरुमा भएका कमी–कमजारीको समीक्षा पनि भइरहेको उनको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...