काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले ओली प्रवृत्ति हिटलरी नाजीवाद र फाँसीवादसँग मिल्दोजुल्दो भएको टिप्पणी गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत डा.भट्टराईले त्यस्तो टिप्पणी गरेका हुन् । “आफू कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद÷फाँसीवादसँग मिल्दोजुल्दो छ,” भट्टराईले ट्विटरमा लेखेका छन्, “जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो ।”
साथै डा.भट्टराईले ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्मको जात्राले पनि पुष्टि गरेको बताए ।
“खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ । ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टि हुन्छ,” डा.भट्टराईले भने ।
खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ!ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ! आफु कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद/फासीवादसंग मिल्दोजुल्दो छ,जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो!
— Baburam Bhattarai (@brb1954) July 16, 2021