काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ र जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
शुक्रबार बिहान महासचिव विप्लव डा.भट्टराईलाई भेट्न उनकै निवास टोखा पुगेका थिए ।
उनहरुको साथमा डा.भट्टराई पत्नि हिसिला यमी, नेकपा नेता धमेन्द्र बास्तोला छन् ।
राजनीतिक भेतवार्तामा सक्रिय रहेका विप्लवले बुधबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग खुमलटार पुगेर भेटेका थिए । यसैगरी बिहीबार नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग कोटेश्वरमा भेटवार्ता गरेका थिए ।