एमाले स्थायी समिति बैठक आज बस्दै, नेपाल समूहलाई पनि बोलाइयो

428

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज बस्दै छ । महासचिव ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि आजका लागि बैठक बस्ने तय गरेका हुन् । बैठक आज बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बस्न लागेको हो ।

पार्टीका केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङका अनुसार सरकारबाट बाहिरिएपछि बैठक पहिलो पटक बस्न लागेको हो ।

केन्द्रीय कार्यालयमा ठाउँ साँघुरो भएर बैठक च्यासलमा आयोजना गर्न लागिएको उनको भनाइ छ । बैठकमा उपस्थित हुन माधव नेपालसहितका सबै नेताहरुलाई खबर गरिएको तामाङले बताए ।

यसअघि दश बुँदे सम्झौता अनुमोदन गर्न असार २८ गते बोलाइएको बैठक नेताहरुको सल्लाहमा स्थगित भएको थियो । अध्यक्ष ओलीले आजै संसदीय दलको बैठक पनि बोलाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...