सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दर्ज्यानी चिन्ह प्रदान

372

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा बिहीबार आयोजित विशेष समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका दुई जना अधिकृतहरुलाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्हबाट शुसोभित गरेका छन् ।

गृहमन्त्रीस्तरको असार २९ गतेको निर्णयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकद्वय कालीदास धौवजी र कुमार न्यौपाने सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका हुन् ।

सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनमा रहेर आफ्नो नियुक्तिका क्षेत्रहरुमा अनुशासित र इमान्दारितापूर्वक व्यवसायिक ढंगबाट जिम्मेवारी निर्वाह गरी शान्ति सुरक्षा तथा सेवा प्रवाहमा पुर्‍याएको योगदानको कदर स्वरुप पदोन्नति प्राप्त भएको उल्लेख गर्दै दर्जासँगै प्राप्त भएको थप जिम्मेवारी निर्वाहमा अझ बढी कृयाशिल रहँदै इमान्दारितापूर्वक कार्यसम्पादनमा जुट्न निर्देशन समेत दिए ।

उनले पदोन्नति वृद्धि विकासको महत्वपूर्ण पाटोका रुपमा रहेको चर्चा गर्दै कमाण्डर तहका अधिकृतहरुले मातहतका कर्मचारीहरुलाई समेत अनुशासन, इमान्दारीता, कर्तव्यनिष्ठ बनाई उच्च मोराल प्रदान गरी स्तरीय ढंगले परिचालित गर्दै राष्ट्रको सुरक्षा, नागरिकको सेवा, विपद् प्रकोप पीडितको उद्धार, सीमा सुरक्षा, चोरीपैठारी तथा निकासी नियन्त्रणलगायत राज्यप्रदत्त विविध जिम्मेवारीका क्षेत्रहरुमा पूर्ण व्यवसायिक भई कृयाशिल रहन निर्देशन दिए ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेललगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...