साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउने मन्त्रिपरिषद्को निर्णय

169

काठमाडौं । सरकारले आगामी साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गरेको छ ।

एक मन्त्रीका अनुसार बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले साउन ३ गते बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा बैठक साउन ३ गतेभित्र बोलाउन आदेश दिएको थियो । सरकारले सोहीअनुसार साउन ३ गतेकै लागि बैठक बोलाउन सिफारिस गरेको हो ।

असार २८ गते सर्वोच्च कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दै प्रतिनिधिसभा विघटन बदर गरेर बैठक बोलाउन आदेश जारी गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...